एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएपछि मधेस प्रदेशका पूर्वसभामुख रामचन्द्र मण्डलले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन्।
मण्डलले सोमबार सभामुख रामआशिष यादवलाई राजीनामा पत्र बुझाएका हुन्।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डललाई पार्टीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ।
मण्डल १० वर्ष जनयुद्धमा सहभागी भएका पूर्वमाओवादी नेता हुन्।
एमालेका नेता सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्ति प्रकरणमा मण्डल विवादमा तानिएका थिए। त्यसपछि उनी महाअभियोगबाट पदमुक्त भएका थिए।
114
Shares

प्रतिक्रिया