झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारी गरेका यज्ञमणि न्यौपाने मोरङ छिरेका छन्।
झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेनलार्इ उम्मेदवार बनाउने भएपछि उनी मोरङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न लागेका हुन्।
न्यौपाने ठहकारी ठगी अभियोगमा रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्ने वकिल हुन्।
मोरङ १ बाट उनलाई उम्मेदवार बनाउने तयारी रास्वपाले गरेको हो।
रास्वपा मोरङ सभापति भरत कँडेलका अनुसार, मोरङमा २ निर्वाचन क्षेत्रको उम्मेदवारको नाम टुङ्गो लागेको छ। क्षेत्र नम्बर १ बाट न्यौपाने र क्षेत्र नम्बर ३ बाट गणेश कार्कीलाई उम्मेदवार बनाउने टुङ्गो लागेको छ।
झापा क्षेत्र नम्बर ५ को गाउँ गाउँमा गएर भोट माग्दै आएका न्यौपानेले आफू निर्वाचन क्षेत्र छाड्नु पर्दा उम्मेदवार नै नबन्ने बताएका थिए।
मोरङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
उनी यही निर्वाचन क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका थिए भनेँ २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसका डिगबहादुर लिम्बुसँग पराजित भएका थिए।
Shares

प्रतिक्रिया