नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आज (सोमबार) निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्।
आइतबार राति पार्टी एक भएर निर्वाचनमा जाने सैद्धान्तिक सहमतिपछि आज थापा र शर्माले देउवा भेट्न लागेका हुन्।
उनीहरूले महाराजगन्ज पुगेर देउवालाई भेट्ने कार्यक्रम रहेको कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।
‘समय तय भएको छैन। तर आज सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्नुहुन्छ’, ती पदाधिकारीले भने।
नेता रमेश लेखकले पनि थापा र शर्माले आज देउवालाई भेट्ने सम्भावना रहेकाे बताए।
अहिले देउवा निवास महाराजगन्जमा देउवा र शेखर काेइरालापक्षीय नेताहरूबिच छलफल भइरहेको छ।
759
Shares

प्रतिक्रिया