राजनीति


मन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ता सिराहा–१ बाट उम्मेदवार बन्दै

मन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ता सिराहा–१ बाट उम्मेदवार बन्दै

प्रतिनिधिसभा निर्वाचनका लागि मन्त्री पद त्यागेका बब्लु गुप्ता सिराहा–१ बाट चुनाब लड्ने भएका छन्।


नेपालखबर
माघ ५, २०८२ सोमबार ११:१, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ताले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्।

‘हिजो राति नै प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनाको विषयमा सबै कुरा जानकारी गराइसकेँ। प्रक्रियागत कुराहरु आज सकिन्छ’, गुप्ताले नेपालखबरसँग भने, ‘फागुन २१ को निर्वाचनमा केन्द्रित हुन राजीनामा दिएको हुँ।’

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको रुपमा चुनाबमा सहभागी हुने निश्चित भइसकेको छ।

गुप्ता सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा उनी जेन-जी अर्थात् युवा पुस्ताको प्रतिनिधिको रूपमा सहभागी भएका थिए। युवा र खेलकुद क्षेत्रमा नयाँ काम गर्न थाले पनि राजनीतिक यात्रालाई थप उचाइ दिन प्रत्यक्ष निर्वाचनमा जाने निर्णय गरेको उनले बताए।

उम्मेदवारी दर्ताको मिति भोलि माघ ६ गते हो। उनी निकट युवाले भने गुप्ताका लागि सिराहा क्षेत्र नं.१ केन्द्रित भएर पहिलैदेखि तयारी गरिरहेछन्। 'उम्मेदवारी दिन सिराहा क्षेत्र नं. १ मा जाँदैछु', उनले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad