राजनीति


विष्णु पौडेलले छाडेको रुपन्देही-२ मा नेकपाबाट विश्वदीप उम्मेदवार

विष्णु पौडेलले छाडेको रुपन्देही-२ मा नेकपाबाट विश्वदीप उम्मेदवार

नेपालखबर
माघ ४, २०८२ आइतबार १०:४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधि सभा निर्वाचन लडिरहेको क्षेत्र रुपन्देही-२ मा सुवास पाण्डे ‘विश्वदीप’लाई उम्मेदवार बनाएको छ।

आजै (आइतबार) बिहान पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन्। पाण्डेले प्रचण्ड प्रधानमन्त्री रहेका बेला सचिवालयमा काम गरेका व्यक्ति हुन्। 

एमाले उपाध्यक्ष पौडेल भने यसपटक रुपन्देही-२ बाट चुनाव नलड्ने भएका छन्। उनी पाल्पा-२ बाट उठ्ने भएका छन्।

आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि अहिले दलहरूले धमाधम उम्मेदवार छनोट गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad