खेल


महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट

जारी खेलका सबै तस्बिर : क्यान


नेपालखबर
माघ ४, २०८२ आइतबार १०:१६, काठमाडौँ

काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध ३ विकेट गुमाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाली टोलीले १६ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ९५ रन बनाएर खेलिरहेको छ।

ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट भइन्। 

अर्की अ‍ोपरन विन्दु रावल ४४ रनमा आउट भइन्।

५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो। यसअघि उनको सर्वाधिक रन २८ रन थियो। 

पूजा महतो १२ रन बनाउँदा क्याच आउट भइन्। इन्दु बर्मा ६ रनमा क्याच आउट भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad