राजनीति


देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

सानेपामा बैठक बसेपछि पार्टी कार्यालयअगाडि सामूहिक तस्बिर खिचाउँदै देउवा पक्ष। तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ ३, २०८२ शनिबार १२:१२, काठमाडौँ

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय गरेको छ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो।

देउवा पक्षका प्रवक्ता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार अदालत जाने निर्णय गरिएको जानकारी दिए।

देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महत। तस्बिर : सरोज नेपाल

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिक पार्टीको मान्यता दिएपछि देउवा पक्ष आक्रोशित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad