राजनीति


०७९ मा समानुपातिकको १ नम्बर रहेर पनि सांसद बन्न नपाएका अजम्बरलाई दिए प्रचण्डले प्रत्यक्ष तर्फको टिकट

०७९ मा  समानुपातिकको १ नम्बर रहेर पनि सांसद बन्न नपाएका अजम्बरलाई दिए प्रचण्डले प्रत्यक्ष तर्फको टिकट

नेपालखबर
माघ ३, २०८२ शनिबार १२:४०, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट युवा नेता अजम्बर राई काङमाङलाई उम्मेदवार बनाउने भएको छ। 

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भोजपुरबाट प्रतिनिधिसभा निर्वाचन लड्नको लागि टिकट दिएको काङमाङ बताएका छन्। 

‘कमरेड प्रचण्डबाट निर्वाचन सफलताको शुभकामना र भावी राजनीतिक मार्गचित्रका बारे सुस्पष्ट शुभकामना पनि ग्रहण गरियो,’ काङमाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण परिवर्तनकामी आदरणीय भोजपुरे जनतारूलाई चुनाव चिह्न तारामा मतदान गरी विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु।’

काङमाङको पुरानो राजनीतिक पृष्ठभूमि एमाले हो। उनले ०६९ को असारतिर अशोक राईसँगै एमालेबाट विद्रोह गरेका थिए। 

उनी एमालेको भातृसंगठन प्रजातान्त्रिक युवा संघ नेपालको अध्यक्षसमेत बनिसकेका नेता हुन्। 

उनी २०७४ मा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। एमाले र माओवादी एक हुँदा पनि उनी नेकपाको केन्द्रीय सदस्य थिए। 

तर नेकपा विभाजित भएपछि उनी पुरानो पार्टी एमालेमा नफर्की माओवादीमै बस्ने नेता हुन्। 

तत्कालीन संघीय समाजवादीमा रहँदा उनले भोजपुर प्रदेश सभामा ‘क’ बाट  एमाले नेता राजेन्द्र राईसँग चुनाव हारेका थिए। ०७९ सालको निर्वाचनमा भने उनलाई माओवादी केन्द्रले समानुपातिक सूचीको पहिलो नम्बरमा राखेर पनि सांसद बनाएको थिएन। 

मा‌ओवादीले आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा रहेकी भोजपुरकै दुर्गा राईलाई त्यतिबेला समानुपातिक सांसद बनाएको थियो। 

त्यतिबेला माओवादीले प्रत्यक्षतर्फ भोजपुरबाट सुदन किराँती विजयी भएका थिए। सुदनले नेकपा छाडेपछि प्रचण्डले राईलाई भाेजपुरको उम्मेदवार बनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad