निर्वाचन आयोगबाट आधिकारिकता प्राप्तिपछि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आज (शनिबार) पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक राख्दै छ।
बैठक अहिले बिहान ११:३० बजे नयाँ बानेश्वरमा बस्ने नेताहरूले जानकारी दिएका छन्।
निर्वाचन आयोगले मान्यता दिएको भोलिपल्टै सभापति थापाले केन्द्रीय कार्यसमितिको बैठक राख्न लागेका हुन्।
पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चुन्दै कांग्रेसको नयाँ नेतृत्व निर्वाचित गरेको हो।
उता शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता दाबी गरे पनि निर्वाचन आयोगले शुक्रबार गगन पक्षको कांग्रेसलाई वैधानिकता दिएको हो।
आज बस्ने कांग्रेस बैठक निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त भएपछिको पहिलो भए पनि गगन थापा सभापति भएयताको भने दोस्रो हो।
यसअघि विशेष महाधिवेशनले चुनेको भोलिपल्टै माघ १ गते ललितपुरको कुपण्डोलमा थापाको सभापतित्वमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो।
Shares

प्रतिक्रिया