पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गगन थापाको नेतृत्वमा पुगेको कांग्रेसले अब विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली र आचरणमा समेत पुनर्संरचना र रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन्।
निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत थापालाई बधाई दिँदै यस्तो सुझाव दिएका हुन्।
‘निर्वाचन आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा सफलताको शुभकामना,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको उदारवादी लोकतान्त्रिक धारको पुरानो पार्टी कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पारोस्।’
‘बहुदलीय लोकतन्त्र भनेको दलहरूबीच प्रतिस्पर्धा र सहकार्य दुवैको उचित समन्वय हो भन्ने सबैमा हेक्का रहोस्,’ पूर्व प्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘साथै दलहरूको नेतृत्व मात्र होइन, विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली, आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने सबै नयाँ पुराना पार्टीहरुले आत्मसात गरून्।’
Shares

प्रतिक्रिया