निर्वाचन आयोगको कार्यालय परिसरमा रहेका गगन थापा समूहका अधिकांश नेता कार्यकर्ता गेटबाहिर निस्किएका छन्। महामन्त्री गुरु घिमिरे लगायत केही नेता भने आयोगको कार्यालयमै छन्।
गेटबाहिर रत्नपार्कतिरको सडकमा शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता नाराबाजी गरिरहेका छन्। लाजिमपाटतिरको सडकमा गगन थापा पक्षका नेताकार्यकर्ता शान्तपूर्वक बसिरहेका छन्।
आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई आधिकारिकता दिने कि शेरबहादुर देउवा पक्षलाई भन्ने निर्णय दिन बाँकी छ।
यसअघि दिउँसो दुवै पक्षका नेताले आयोगका अधिकारीहरुलाई आफूले किन आधिकारिकता पाउनु पर्ने भनेर दाबी पेश गरिसकेका छन्।
दुवै पक्षको कुरा सुनिसकेकाले आयोगले अब जुनसुकै बेला निर्णय दिनसक्छ।
दुवै समूह आयोगमा पुगेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
Shares

प्रतिक्रिया