निर्वाचन आयोगमा नेपाली कांग्रेसका दुवै समूह पुगेपछि अवस्था तनावपूर्ण बनेको छ। पार्टीको आधिकारिकता आफूहरूले पाउनुपर्ने माग गर्दै गगन थापा नेतृत्वको कांग्रेसका नेता कार्यकर्ता बिहानैदेखि आयोगमा छन्।
यस्तै, केहीबेरअघि शेरबहादुर देउवा नेतृत्वको समूह पनि आधिकारिकता दाबी गर्दै आयोग पुगेपछि अवस्था तनावपूर्ण बनेको हो।
दुवै समूहका नेता कार्यकर्ताले अहिले आयोग बाहिर नाराबाजी गरिरहेका छन्। आधिकारिकता दाबी गर्दै दुवै समूह नाराबाजीमा उत्रिएपछि आयोगमा सुरक्षा सतर्कता बढाइएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी पानीको फोर्स फाल्ने गाडीसहित सुरक्षा व्यवस्थासहित आयोगमा तयारी अवस्थामा छ।













246
Shares

प्रतिक्रिया