सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ बाट बढाएर जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेकाे हाे।
लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। ‘लकडाउनको अवधि पाँचौपटक थप गर्दै जेठ ५ सम्म पुर्याउने निर्णय भएको छ,’ ती मन्त्रीले भने।
यसअघिकाे अवधि बिहीबार सकिँदै थियाे।
कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले सुरुमा चैत ११ देखि १८ गतेसम्म लकडाउन घाेषणा गरेकाे सरकारले याे पाँचाैपटक समय थपेकाे हाे।
लकडाउन सुरु भएयता दिनदिनैजसो काेराेना संक्रमित फेला पर्ने क्रम नरोकिएपछि सरकारले लकडाउन लम्ब्याइरहेको हाे।
मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाबाट ८२ जना संक्रमित भइसकेका छन्। तर तीमध्ये आजै मात्र ६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। यसअघि १६ जना निकाे भइसकेका छन्। तर निकाे भएकामध्ये पनि तीन जनामा फेरि काेराेना देखिएकाे खबर बाहिरिएकाे छ।
याे पनि:
प्रधानमन्त्रीले भनेः भारतमा संक्रमण बढिरहेको छ, हामीले लकडाउन खुकुलो गर्नु हुँदैन

प्रतिक्रिया