नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीको शपथ लिएका छन्।
मंगलबार पेरिसडाँडामा आयोजित शपथग्रहण समारोहमा उनीहरुलाई जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले सपथ खुवाएका हुन्।
त्यसपछि नेकपा संयोजक प्रचण्डले २ हजार ४ सय ९९ जना केन्द्रीय सदस्यलाई शपथ खुवाएका थिए।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो।
सबै पार्टीमा रहेका केन्द्रीय सदस्यलाई नेकपामा उही पद दिए पछि नेकपाको जम्बो केन्द्रीय समितिले बनेको छ।
यद्यपि, सहसंयोजक नेपालले पार्टीको केन्द्रीय समितिले हाल ठूलो रहे पनि एक वर्षभित्र यसलाई खिरिलो बनाइने बताए।
उनका अनुसार आगामी एक वर्षभित्र प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट हुनेछ।


Shares

प्रतिक्रिया