राजनीति


महामन्त्रीद्वय गगन र विश्वप्रकाश कांग्रेस केन्द्रीय समिति बैठकमा नजाने

महामन्त्रीद्वय गगन र विश्वप्रकाश कांग्रेस केन्द्रीय समिति बैठकमा नजाने

नेपालखबर
पुस २९, २०८२ मंगलबार १४:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमितिको बैठकमा नजाने भएका छन्। 

विशेष महाधिवेशनमा सहभागी महामन्त्रीसहित केन्द्रीय सदस्यहरू कांग्रेस केन्द्रीय कार्यालयमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका हुन्। विशेष महाधिवेशनमा प्रतिबद्ध भएर लागेका केन्द्रीय सदस्यहरू बैठकमा नजाने महामन्त्री निकट स्रोतले नेपालखबरलाई जानकारी दिएको हो। 

कांग्रेसमा विशेष महाधिवेशनले उत्पन्न विवाद मिलाउन संस्थापन र महामन्त्रीद्वय पक्षबीच संवाद भइरहेको छ। संस्थापन पक्षले आन्तरिक छलफल गरेर रणनीति बनाइरहँदा महामन्त्रीद्वय विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाइरहेका छन्। 

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad