राजनीति


नेकपाका २५ सय केन्द्रीय सदस्यको शपथ आज, पेरिसडाँडामा विशेष कार्यक्रम हुँदै

नेकपाका २५ सय केन्द्रीय सदस्यको शपथ आज, पेरिसडाँडामा विशेष कार्यक्रम हुँदै

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८२ मंगलबार १०:३४, काठमाडौँ

तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित डेढ दर्जनभन्दा धेरै कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। 

अध्यक्ष प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले नेकपामा अहिले झण्डै २५ सय सदस्य रहेको बताए। 

‘त्यसमध्ये २२ सय सदस्य आजको शपथ ग्रहण कार्यक्रममा सहभागी बन्नुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘काठमाडौँमा उपलब्ध सबै सदस्य भौतिकरुपमै उपस्थित बन्नुहुन्छ। नहुनेले भर्चुअल माध्यमबाट शपथ खाने व्यवस्था मिलाइएको छ।’ 

एकता प्रक्रियामा सहभागी हुने दलका केन्द्रीय सदस्य सबै नेकपाको केन्द्रीय सदस्य बन्ने नीति नेकपाले लिएको छ। ‘पुरानो पार्टीको केन्द्रमा भएका सबै केन्द्रीय सदस्य नेकपाको पनि केन्द्रीय सदस्य हुने नीतिअनुसार ठूलो संख्यामा केन्द्रीय सदस्यको शपथ हुन लागेको हो,’ आचार्यले भने। 

विभिन्न समूहबाट एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले आज शपथ लिन लागेका हुन्। 

शपथ ग्रहण कार्यक्रम भौतिक र भर्चुअल दुवै माध्यमबाट हुने बताइएको छ। 

शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ शुल्क तिरेपछि परिचयपत्र  पाउने व्यवस्था गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad