राजनीति


संस्थापन पक्षसँग वार्ता गर्न गगन–विश्वले बनाए चार सदस्यीय समिति

संस्थापन पक्षसँग वार्ता गर्न गगन–विश्वले बनाए चार सदस्यीय समिति

नेपालखबर
पुस २८, २०८२ सोमबार २२:२४, काठमाडौँ

विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ।

विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका हुन्।

समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन्।

सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग सम्वाद गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकलाई जिम्मा दिएका छन्।

‘अब सभापति देउवा पक्षले जतिबेला वार्तामा बोलाए पनि हामी तयार छौँ। तर अहिलेसम्म उहाँहरूले हामीलाई केही खबर गर्नुभएको छैन। उहाँहरू हठ त्यागेर आउने हो भने कुरा गर्न तयार छौँ’ वार्ता समितिका सदस्य देवराज चालिसेले नेपालखबरसँग भने।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad