नेपाली कांग्रेस नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।
डा. कोइराला सोमबार अपराह्न देउवा निवास महाराजगञ्ज पुगेको एक नेताले बताए। उनले देउवासँग कांग्रेसमा देखिएको विवादबारे छलफल गर्ने जनाइएको छ।
यसअघि उनले आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए। छलफलमा कांग्रेसको विभाजन रोक्न आफूले प्रयास गरिरहेको बताएका थिए।
उनले सोमबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि कुराकानी गरेका थिए। उनीहरूलाई पार्टी विभाजनतिर नजाने आग्रह गरेका थिए।
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन जारी रहेको छ। विशेष महाधिवेशनको बन्दसत्रमा कांग्रेसको नेतृत्व फेर्नेसम्मको कार्यविधि पारित भएको छ।
222
Shares

प्रतिक्रिया