राजनीति


विश्वप्रकाशको निसानामा आरजु राणा: पति-पत्नी सांसद-मन्त्री बन्न नपाइने

विश्वप्रकाशको निसानामा आरजु राणा: पति-पत्नी सांसद-मन्त्री बन्न नपाइने

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा


नेपालखबर
पुस २८, २०८२ सोमबार १४:१९, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा 'नेपो-बेबी र मनी-ब्याग' नेताको मुटुमा ढ्याङ्ग्रो ठोक्ने कुरा पनि परेको छ।

श्रीमती, छोराछोरी र पैसाको बिटो बुझाएर नेता बन्नेको दिन सकिनु पर्ने विषय उनको प्रतिवेदनमा छ।

नेपाली कांग्रेसभित्र दशकौंदेखि जरो गाडेर बसेको पारिवारिक सिन्डिकेटविरुद्ध महामन्त्री शर्माले परिवर्तनको उदघोष गरेका हुन्। श्रीमती र छोराछोरीलाई राजनीति 'गिफ्ट' दिने र मोटो रकम बुझाएर टिकट हत्याउने 'क्यास एण्ड क्यारी' शैलीको राजनीतिलाई शर्माको नयाँ प्रस्तावले ठूलो धक्का दिनेछ।

'जनप्रतिनिधित्वमा नातावाद झल्किएको खासगरी एकाधघरका सदस्य –मूलत (श्रीमान, श्रीमती) एकै पटक, एउटै तहको जनप्रतिनिधि बनेको विषय नागरिक पंक्तिमा आलोचित र अलोकप्रिय बनेको छ', प्रतिवेदनमा भनिएको छ, 'यो विशेष महाधिवेशन त्यसलाई कडाइका साथ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।'

विघटित संसदमा कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजु राणा दुवै सांसद थिए। कांग्रेस समर्थित ओली सरकारमा उनी परराष्ट्रमन्त्री नै बनिन्। नाम उल्लेख नगरे पनि प्रतिवेदनको यो भागले सभापति देउवा र पत्नीलाई इंगित गरेको देखिन्छ। सभापति निकट नेता बालकृष्ण खाँड श्रीमान्-श्रीमती पनि सांसद थिए। 

सबै किसिमका  निर्वाचनमा उम्मेदवार छान्न 'प्राइमरी निर्वाचन' (आन्तरिक चुनाव) गर्नुपर्ने प्रस्ताव उनले अघि सारेका छन्।

विशेष महाधिवेसनबाट पारित यो व्यवस्था जस्ताको तस्तै कार्यान्वयनमा गए, उम्मेदवार बन्न लोकप्रियता, योग्यता र न्यायको कडीबाट गुज्रिनै पर्नेछ।

महामन्त्री शर्माले भनेका छन्, 'अब लोकप्रियता र न्यायको मिश्रणसहित नयाँ पद्धति विकास गरिन्छ।'

पार्टीका नाममा लुट मच्चाउने र पदको दुरुपयोग रोक्न वडादेखि केन्द्रसम्मका नेता र जनप्रतिनिधिको कार्यशैली निगरानी गर्न एउटा 'राडार' बनाउनु पर्ने विषय उनको प्रतिवेदनमा छ। बदनामी कमाउनेलाई कारबाही गर्न 'आन्तरिक सुशासन आयोग' गठनको प्रस्ताव उनले गरेका हुन्। आयोगको कार्यविधि केन्द्रीय कार्यालयले नै तोक्ने, त्यसले पार्टीभित्रको अराजकतालाई नियन्त्रण गर्ने भनिएको छ।

अहिले महामन्त्री शर्माले पेश गरेको यो प्रस्ताव यसअघि गोदावरी महासमितिबाट पारित भएको 'पाइलट प्रोजेक्ट'को एउटा भाग हो।

यो पनि: देउवालाई हटाएर नयाँ सभापति निर्वाचित गर्ने कार्यविधि पारित

विश्वप्रकाश शर्माको प्रतिवेदनः धितोपत्र बोर्ड भ्रस्टाचारको स्रोत बन्यो

बन्दसत्रमा विश्वप्रकाशको प्रस्ताव- बदलिएको देश, बदल्नुपर्ने कांग्रेस (पूर्णपाठ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad