नेपाली कांग्रेसको विशेष महाधिवेशनको कार्यविधि पारित भएको छ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सोमबार बिहानैदेखि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाविधेशवन कार्यविधि २०८२’ ध्वनि मतले पारित भएको हो। कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका कार्यक्रम अघि बढ्नेछन्।
कार्यविधिको प्रस्तावनामा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाविधेशनले आफ्नो कामकारबाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकाले, नेपाली कांग्रेसको विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ बनाई लागू गरिएको छ।’
कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति विघटनदेखि नयाँ नेतृत्व चयनसम्मको व्यवस्था रहेको छ। त्यस्तै, विशेष महाधिवेशनको कार्यविधिमा विशेष केन्द्रीय महाधिवेशन सञ्चालनसम्बन्धी व्यवस्था, बन्दसत्रमा पेश गरिने प्रस्ताव, प्रस्तावमा निर्णय र प्रतिवेदनका विषय, गणपुरक संख्या र निर्वाचन समितिको व्यवस्था गरिएको छ।
Shares

प्रतिक्रिया