राजनीति


देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय

देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय

नेपालखबर
पुस २८, २०८२ सोमबार ९:२६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ। 

देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान सूचना जारी गरी सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम नरहेको जानकारी गराएका हुन्।

‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ’, उनले लेखेका छन्, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।’

कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ। 

जसअन्तर्गत आज बन्दसत्र सुरु गर्ने तयारी भइरहेको छ। जारी विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्।तर त्यसमा पार्टी सभापति देउवालगायत संस्थापन पक्षका नेता भने उपस्थित भएका छैनन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad