राजनीति


हर्क साम्पाङ भन्छन्ः सुदन किरातीसँग कुरा मिलेन, गठबन्धन हुँदैन

हर्क साम्पाङ भन्छन्ः सुदन किरातीसँग कुरा मिलेन, गठबन्धन हुँदैन

नेपालखबर
पुस २७, २०८२ आइतबार २१:४२, ​विराटनगर

धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वमन्त्री एवं प्रगतिशील अभियान, नेपाल’का नेता सुदन किरातीसँग कुनै पनि चुनावी तालमेल वा गठबन्धन नहुने प्रस्ट पारेका छ।

आइतबार दुई नेताबीच धरानमा भएको छलफलको बारेमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै साम्पाङले हल्ला र अफवाहको पछि नलाग्न आग्रह गरेका हुन्।

मेयर साम्पाङले आफूले सुदन किरातीलाई आफ्नै पार्टी श्रम संस्कृतिमा आउन आह्वान गरेको तर किरातीले उक्त प्रस्ताव अस्वीकार गरेपछि कुरा नमिलेको उल्लेख गरेका छन्।

​‘अफवाहको पछि कोही नलाग्नु होला! सुदन किरातीजीलाई मैले श्रम संस्कृतिमा आउन आह्वान गरेको हुँ! मान्नु भएन! कुरा मिलेन! वहाँ अघि बढिसक्नु भएको रहेछ! गठबन्धन हुँदैन, गरिनेछैन,’ साम्पाङले लेखेका छन्।

यसअघि आइतबार भएको भेटघाटपछि नेता सुदन किरातीले भने संवाद सकारात्मक रहेको र आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको बताएका थिए। 

उनले एकै पटक एकता सम्भव नभए पनि संवादको प्रक्रियाबाट दुवै पक्ष दुई–दुई कदम अघि सरेर बिचमा भेट हुने गरी छलफल अगाडि बढेको दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad