नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले पार्टीलाई गुटमुक्त गर्नुपर्ने बताएकी छन्।
आइतबार कांग्रेसको विषेश महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले विधिमा चल्नुपर्ने बताइन्। विशेष महाधिवेशनले नयाँ नीतिसँग अगाडि बढ्नुपर्ने बताउँदै भुसालले भनिन्, ‘कांग्रेस गुटबाट मुक्त हुनुपर्छ। हिंसाबाट मुक्त हुनुपर्छ, कृपाबाट अलग हुनुपर्छ।’
संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएका छन्। उनीहरूका तर्फबाट बोल्दै भुसालले विशेष महाविधेशनका पक्षमा उभिएका प्रतिनिधिलाई सम्मान गर्न विशेष महाधिवेशनमा सहभागी भएको बताइन्।
‘हामी ३० जना केन्द्रीय सदस्य नेताको घरघरमा गयौंँ, निरास भएर फर्किनु परेपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्मान गर्न आएका छौँ,’ उनले भनिन्।
अब कांग्रेसलाई विधि र विधानमा चलाउनुपर्ने उनको भनाइ थियो। त्यसका लागि विशेष महाधिवेशनले नयाँ उर्जा थपेको उनले बताइन्।
Shares

प्रतिक्रिया