नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी जोगाउनका लागि नेतृत्व फेर्नुपर्ने वेला आएको बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले नियमित महाधिवेशन गर्न नसक्दा विशेष महाधिवेशन आयोजना गर्नु परेको जिकिर गरे। ‘हामीले नियमित महाधिवेशन समयमै गर्न सकेनौँ, नियमित महाधिवेशन गर्न नसक्दा विशेष महाधिवेशन भइरहेको छ,’ पौडेलले भने।
नेतृत्वले दम्भ देखाउँदा विशेष महाधिवेशन गर्नु परेको उनको भनाइ थियो। ‘विशेष महाविधेशन आफै निस्क्रिय हुन्छ भन्ने नेतृत्वको दम्भले गर्दा विशेष महाधिवेशन गर्नु परेको हो,’ उनले भने।
अब नेतृत्वको विषयमा सोच्नुपर्ने उनको भनाइ थियो। ‘नेतृत्व रक्षाका लागि कांग्रेसलाई समाप्त गर्ने कि कांग्रेसका लागि नेतृत्व फेर्ने?,’ उनले प्रश्न गरे।
Shares

प्रतिक्रिया