राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता सम्झौताबाट अलग हुँदै कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई आफ्नो नेतृत्वमा अघि बढाउने घोषणा गरिसकेका छन्।
कुलमान १२ दिनममै उज्यालो नेपालतिर फर्किँदा उनीसँगै रास्वपामा गएका केही नेता भने उतै बस्ने भएका छन्। त्यसको नेतृत्व गरिरहेका छन् डा. तारा जोशीले।
उनका अनुसार उज्यालो नेपाल पार्टीमा केन्द्रीय तहका कम्तिमा १५ जना रास्वपामै रहने दाबी गरे।
‘म रास्वपामै बस्ने हो,’ डा. जोशीले नेपालखबरसँग भने, ‘अरु साथीहरू को-को हुन्छन् भनेर कुरा भइरहेको छ। एकतामा रहने हामी १५ जनाजति केन्द्रीय सदस्य छौँ।’
उनले यो संख्या अरु पनि बढ्ने दाबी गरे। रास्वपामै रहने अन्य नेताहरुमा डा.विशाल भण्डारी, निर्देश सिलवाल, सञ्जिव भट्टराई, डा. घनश्याम पाण्डे लगायत छन्।
उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुँदा सुरुमा ५४ केन्द्रीय सदस्यको नाम बुझाइएको थियो। त्यसपछि रास्वापासँग एकतामा जानुअघि थपेर ९४ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो।
कुलमानसँगको एकता भाँडिएपछि उज्याले नेपाल पार्टीमा नगइ रास्वापमै बस्नेहरुलाई अवसरको अफर गरिएको थियो।
एक नेताका अनुसार रास्वपामै बस्न चाहे उनीहरुका लागि अवसर दिइने भनिएको थियो।
Shares

प्रतिक्रिया