नेपाली कांग्रेसका नेता देवराज चालिसेले विशेष महाधिवेशनको हलबाट हुने निर्णय सबैले मान्नुपर्ने बताए।
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चालिसेले कसैको प्रभावमा नपरेर हलले निर्णय गर्ने बताए। सभापति शेबहादुर देउवालाई विधानअुनसार, विशेष महाधिवेशनको गर्न आग्रह गर्दा नमानेपछि आफूहरू सरेको उनको भनाइ थियो।
अब विशेष महाधिवेशनले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए। ‘हलभित्र पसेपछि हुने निर्णय शेरबहादुर देउवाले मान्नुुर्पछ, वडाको सदस्यले पनि मान्नुपर्छ,’ चालिसेले भने।
विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन्। पार्टीलाई सुधार गर्न बाध्यकारी कदम चाल्नु परेको उनको भनाइ थियो।
81
Shares

प्रतिक्रिया