राजनीति


भृकुटीमण्डप भरियो, पद्मोदयबाट सवारी साधन निषेध, विद्युत प्राधिकरणतर्फको बाटो रोक्न छलफल

भृकुटीमण्डप भरियो, पद्मोदयबाट सवारी साधन निषेध, विद्युत प्राधिकरणतर्फको बाटो रोक्न छलफल

नेपालखबर
पुस २७, २०८२ आइतबार १४:२८, काठमाडौँ

नेपाली काँग्रेसको विशेष महाधिवेशनका कारण भृकुटीमण्डपमा मान्छे खचाखच भएपछि आसपास क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। सवारी साधनलाई पद्यमोदय माविदेखि प्रदर्शनीमार्ग जान रोक लगाइएको छ।

समाज कल्याण परिषदका अनुसार भृकुटीमण्डपको क्षमता करिब १५ हजारको हो। अहिले त्यो करिब भरिएको छ। 

‘हाम्रो पूरा क्षमता करिब १५ हजारको हो। विशेष महाधिवेशनतर्फ मान्छेको धेरै भिड भयो। ट्राफिक व्यवस्थापन गर्न गाह्रो परिरहेछ। के गर्ने भनेर ट्राफिक प्रहरीसँग छलपफलमा गरिरहेछाैँ ’ परिषद अन्तर्गत भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख खगनाथ रेग्मीले नेपालखबरसँग भने, ‘विद्युत प्राधिकरणतर्फबाट आउने सवारी साधन रोक्नुपर्छ कि भनेर ट्राफिक प्रहरीसँग कुराकानी भइरहेछ।’

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरू भएको हो। महाधिवेशन स्थल भृकुटीमण्डपमा कांग्रेसले काठमाडौंको विभिन्न स्थनाबाट र्‍याली निकालेको थियो। ठाउँठाउँबाट निस्किएको र्‍याली भृकुटीमण्ड पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad