नेपाली कांग्रेसका महामन्त्री गगन थापा आमासँग टीका लगाएर विशेष महाधिवेशनस्थित भृकुटीमण्डपतिर हिडेका छन्।
आइतबार मध्याह्न घरमा आमाबुवाबाट आशीर्वाद लिएर महाधिवेशनतिर लागेको उनले बताएका छन्। सामाजिक सञ्जालमा आमाबुवासँगैका तस्बिर राखेर थापाले लेखेका छन्, ‘यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै छु।’
महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको आह्वानमा आज कांग्रेसको विशेष महाविधेशन सुरु हुँदै छ। विशेष महाधिवेशनमा संस्थापन पक्षका नेता तथा कार्यकर्ता भने सहभागी भएका छैनन्।
105
Shares

प्रतिक्रिया