कला


६ करोड लगानीमा ओटीटी प्लेटफर्म ‘यूएनए डिजिटल’को शुभारम्भ, के के हुँदै छन् प्रसारण?

६ करोड लगानीमा ओटीटी प्लेटफर्म ‘यूएनए डिजिटल’को शुभारम्भ,  के के हुँदै छन् प्रसारण?

नेपालखबर
पुस २७, २०८२ आइतबार १३:३३, काठमाडौँ

नेपालमा नयाँ नेपाली ओटीटी (ओभर द टप) प्लेटफर्म ‘यूएनए डिजिटल’ लन्च गरिएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन्।

यो शुभारम्भ भएसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकका लागि ओटीटीमार्फत हेर्न पाउने सुविधाको सुरुवात भएको छ। यसको सुरुवातसँगै यसले विश्व बजारमा आफ्नो पहुँच पुर्याउने विश्वास गरिएको छ। 

कम्पनीका सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाईं हुन्।  उनका अनुसार दर्शकले फेब्रुअरी १ तारिख (१८ माघ) देखि यो ओटीटीमा फिल्म, शो र ओरजिनल सिरिज हेर्न पाउनेछन्।

आगामी १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न पाउने सीइओ गुरागाइँले जानकारी दिए। ‘यो ओटीटी सुरुवात गरेका छौँ। यसले नेपाली फिल्म तथा निर्माताहरुलाई जोगाउछु। यसले डुबाउदैन। त्यसका लागि नै नयाँ युगको सुरुवात गरिएको हो,’उनले भने। 

यस ओटीटीमार्फत दर्शकले आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’,‘क्राइम इन स्टोरी’ र सलोन बस्नेतको फिल्म ‘रुम नम्बर ८’प्रदर्शनमा हुनेछन्। निर्माण पक्षले सलोन बस्नेतले निर्माण गर्न लागेको यस फिल्मलाई ओटीटी प्लेटफर्ममार्फत पहिलो फिल्मका रुपमा रिलिज गर्न लागेको हो।

त्यसैगरी यसैका सीइयो गुरागाइले नै निर्माण गर्न लागेको ‘रियल रिदम’ओटीटीमा राखिने छ। यसै कम्पनीले निर्माण गरेको अर्को सिरिज ‘चोइज’,‘सिनेपट न्युज’ आयुसा महर्जनको होस्टमा ‘चेलीबेटी’साथै ‘काठमाडौं नाइट’पनि यसबाट प्रसारण हुनेछ।

यसका लागि नेपाल र विदेशका लागि अलग–अलग ‘ओटीटी विन्डो’ सहित कन्टेन्ट क्रमशः ल्याउने तयारी निर्माण पक्षको छ। सीइयो  गुरागाइका अनुसार सुरुवात १४ फेब्रुअरीदेखि हुने छ भने सब्सक्राइब शुल्कबारेको जानकारी चाँडै दिइने भएको छ ।

बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी खुलेकोमा बधाई दिदै राम्रो कामको सुरुवात भएको बताए। ‘हामी क्रियटिभ मानिसहरु एउटा चरा जस्तै हौँ,’उनले चराको उदाहरण दिदै भने,‘आकाशमा एउटा चरासँग अर्को चरासँग ठोकिदा पनि आ–आफ्नै उडानहरु हुन्छन्। युएनको उडान यहाँबाट सुरु भएको छ र यो उडानलाई शुभकामना छ।’

कार्यक्रममा शुभकामना दिन पुगेको अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्मकर्मीका लागि यस्ता ओटीटी अति आवश्यक भएको र ओटीटीको सुरुवात गरेकोमा बधाई ज्ञापन गरे।

आयोजित समारोहमा सञ्चारमन्त्री खरेलले ओटीटीको शुभारम्भले बदलिँदो प्राविधिक आयाम र दर्शकको रुचिलाई यूएनए डिजिटल ओटीटीले पूरा गर्न सक्नुपर्ने बताए। उनले समयसँगै परिवर्तन हुँदै जानु राम्रो हुने तर्क गरे।

‘यसलाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण भुमिका निवार्ह गर्छ भन्ने मलाई लागेको छ, ‘उनले भने, ‘हाम्रा अडियन्स,जनताहरुले संसारभर खोजेको कुरा कन्टेन छ। तपाईंले फिल्म बनाउनुहोस्,समाचार बनाउनुहोस्,टेलिभिजन प्रोग्राम बनाउनहोस्,इन्टरभ्यु गर्नुहोस्,समाचार बनाउनुहोस्,जे जे बनाउनुहोस्, त्यसमा महत्वपूर्ण भनेको कन्टेन नै हो।’

उनले ओटीटी प्लेटफर्ममा राम्रो कन्टेन्ट भएको खण्डमा राम्रो चल्ने र चलाउन सुझाव दिए।

यो ओटीटीमा सुरुवातमा कन्टेन्टमाथि ६ करोड रुपैयाँ लगानीसहित संचालनमा आउन लागेको हो। नेपाली भाषाबाहेकका अर्थात भारतीय, बंगलादेशी र जापानी सामग्रीलाई पनि क्रमशः रिलिज गर्ने यस ओटीटीका सीइयो गुरागाईंको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad