राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ।
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपायले यसबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको हो।
पार्टी प्रवक्ता मनीष झाका अनुसार आजै सवा ३ बजेबाट सचिवालयको भर्चुअल बैठक चलिरहेको छ। बैठकमा पार्टी एकता र समायोजनबारे छलफल भइरहेको छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो।
पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेको भन्दै कुलमान रास्वापासँगको सहकार्य तोड्ने मनस्थितिमा पुगेका छन्।
927
Shares

प्रतिक्रिया