राजनीति


यी पाँच एजेन्डामा एमाले केन्द्रीय कमिटीको बैठक जारी (तस्बिरहरू)

यी पाँच एजेन्डामा एमाले केन्द्रीय कमिटीको बैठक जारी (तस्बिरहरू)

जारी बैठकका तस्बिरहरू : एमाले केन्द्रीय सदस्य विष्णु रिजालबाट


नेपालखबर
पुस २६, २०८२ शनिबार १३:२९, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित म्याजेस्टिक ग्रान्ड प्यालेसमा जारी छ। 

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो।

बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको तयारीका विषयमा सम्बोधन गरेका छन्।

बैठकका एजेन्डामा संशोधित विधानबमोजिम पार्टीको विनियमावली संशोधन, महाधिवेशनको आय/व्यय, पछिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन र विविध छन्। 

यस्तो छ कार्यसूची:

राष्ट्रको सम्मानमा राष्ट्रगान

सहिदहरूको सम्मानमा मौन धारण

अध्यक्षको सम्बोधनः
पार्टी केन्द्रीय कमिटीको प्रथम बैठकयताको राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका र आसन्न आमनिर्वाचन तथा त्यसको तयारीका बारेमा अध्यक्षको सम्बोधन। 

१) पार्टी नियमावलीमा संशोधनः दोस्रो विधान महाधिवेशन (२०-२२ भदौ, २०८२) र एघारौँ राष्ट्रिय महाधिवेशन (२७ मङ्सिर-३ पुस, २०८२) ले पार्टी विधानमा गरेको संशोधनमा आधारित रहेर पार्टी नियमावलीमा आवश्यक संशोधन प्रस्ताव प्रस्तुत र पारित गर्ने।

२) पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको दसौँ राष्ट्रिय महाधिवेशनको तुलनामा किफायती भएको छ। आवास र यातायातमा खर्च गर्नु नपरेका कारणले करिब ३ करोड कम खर्चमा सम्पन्न भएको छ। बैठकसमक्ष आम्दानी खर्चको मोटो जानकारी गराइने छ।

३) केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णयहरूको अनुमोदनः यस अवधिमा केन्द्रीय सचिवालयका २ वटा बैठक सम्पन्न भएका छन्। १२ पुस, २०८२ मा पहिलो र २२ पुस, २०८२ मा दोस्रो बैठक सम्पन्न भएका छन्। बैठकका निर्णयहरू अन्तरपार्टी निर्देशन-१ का माध्यमबाट कार्यान्वयनमा गइसकेको छ। यस बैठकबाट उपरोक्त निर्णयहरू अनुमोदनका लागि प्रस्तावित गरिनेछ।

४) प्रमाणपत्र वितरण गर्ने: पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यलाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्नुहुने।

५) विविध: 
क. समसामयिक विषयका प्रस्ताव प्रस्तुत र पारित गरिने।

बैठकका केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad