राजनीति


महाधिवेशन विवाद उत्कर्षमा पुगेका बेला सभापति देउवा र शेखर कोइरालाबीच भेटवार्ता

महाधिवेशन विवाद उत्कर्षमा पुगेका बेला सभापति देउवा र शेखर कोइरालाबीच भेटवार्ता

नेपालखबर
पुस २६, २०८२ शनिबार १२:३०, काठमाडौँ

नियमित कि विशेष महाधिवेशन भन्ने विवाद उत्कर्षमा पुगेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतरसमूहका नेता डा शेखर कोइरालाबिच आज भेटवार्ता भएको छ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले नेपालखबरलाई दिएको जानकारीअनुसार देउवा निवास महाराजगन्जमा दुई नेताबीच कुराकानी भएको हो।  

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र पारेका बेला सभापति र नेता कोइरालाबीच भेटवार्ता भएको हो। 

पार्टीको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८–३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय बहुमतबाट पारित गरेको भए पनि विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी गरिरहेको हो। 

कोइराला पक्षको समेत सक्रिय सहभागितामा संस्थापन पक्षले नियमित महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिबाट पारित गराएको हो। त्यसैले विशेष महाधिवेशन कसरी रोक्ने भन्ने विषयमा सभापति देउवा र कोइरालाबीच छलफल भएको थपलियाले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad