राजनीति


काठमाडौँस्थित प्रदेशसभाका ११ जना क्षेत्रीय सभापतिको आह्वान: विशेष महाधिवेशनमा आउनूस्

काठमाडौँस्थित प्रदेशसभाका ११ जना क्षेत्रीय सभापतिको आह्वान: विशेष महाधिवेशनमा आउनूस्

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा (फाइल फोटो)


नेपालखबर
पुस २६, २०८२ शनिबार १२:४३, काठमाडौँ

नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रदेशसभाका क्षेत्रीय सभापतिहरूले यही पुस २७ र २८ गते गर्न लागिएको पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सबै महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन्। 

बागमती प्रदेशअन्तर्गत काठमाडौँ जिल्लाभित्र रहेका ११ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका कांग्रेस सभापतिले शनिबार संयुक्त विज्ञप्ति जारी गरी जेनजी आन्दोलनपश्चात् देशको विषम परिस्थितिलाई ध्यान दिई लोकतन्त्र रक्षार्थ कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित आह्वान गरेको भन्दै विशेष महाधिवेशनको स्वागत गरेका हुन्।

‘नेपाली कांग्रेस पाटीले वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनितिक चुनौतीबारे गम्भीर निर्णय लिन सक्षम छ र सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सक्रिय सहभागिताले दिशा लिन सक्ने, गति दिन सक्ने परिवर्तनशील नेपाली कांग्रेस पार्टी निर्माण आजै सम्भव छ भन्ने मान्यता राख्दछौँ’, विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘तसर्थ नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को दफा १७(२) अनुसार मिति २०८२ पुस २७ र २८ गते भृकुटीमण्डप, काठमाडौँमा नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा यस विशेष महाधिवेशनमा भाग लिन आह्वान गर्दछौँ।’

यस्तो छ पूरा विज्ञप्ति:

विषयः नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्बन्धमा।

(क) २०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपश्चात् देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै लोकतन्त्र रक्षार्थ नेपाली कांग्रेसको ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरबाट आह्वान भएको विशेष महाधिवेशनको हार्दिक स्वागत गर्दछौँ।

(ख) नेपाली कांग्रेस पाटीले वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनितिक चुनौतीबारे गम्भीर निर्णय लिन सक्षम छ र सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सक्रिय सहभागिताले दिशा लिन सक्ने, गति दिन सक्ने परिवर्तनशील नेपाली कांग्रेस पार्टी निर्माण आजै सम्भव छ भन्ने मान्यता राख्दछौँ।

(ग) तसर्थ नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को दफा १७(२) अनुसार मिति २०८२ पुस २७ र २८ गते भृकुटीमण्डप, काठमाडौँमा नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा यस विशेष महाधिवेशनमा भाग लिन आह्वान गर्दछौँ।

१. प्रल्हाद कार्की, प्रदेश सभा क्षेत्र नं १क सभापति तथा क्षेत्रीय उपसभापति

२. ध्रुव केसी, प्रदेश सभा क्षेत्र नं २क सभापति तथा क्षेत्रीय उप सभापति

३. विमल होडा, प्रदेश सभा क्षेत्र नं ४क सभापति तथा क्षेत्रीय उपसभापति

४. रामप्रसाद लुइँटेल, प्रदेश सभा क्षेत्र नं ४ख सभापति तथा क्षेत्रीय उपसभापति

५. रमेश डंगोल, प्रदेश सभा क्षेत्र नं ५क सभापति तथा क्षेत्रीय उपसभापति

६. राजु खड्का, प्रदेश सभा क्षेत्र नं ५ख सभापति तथा क्षेत्रीय उपसभापति

७. ख्याम तिवारी, प्रदेश सभा क्षेत्र नं ६क सभापति तथा क्षेत्रीय उपसभापति

८. वासुदेव लामाप्रदेश सभा क्षेत्र नं ७ख सभापति तथा क्षेत्रीय उपसभापति

९. शिवकुमार खनाल, प्रदेश सभा क्षेत्र नं ८ख सभापति तथा क्षेत्रीय उपसभापति

१०. मोहनकुमार बस्नेत, प्रदेश सभा क्षेत्र नं ९क सभापति तथा क्षेत्रीय उपसभापति

११. राजेन्द्र भट्टराई, प्रदेश सभा क्षेत्र नं ९ख सभापति तथा क्षेत्रीय उपसभापति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad