राजनीति


प्रधानमन्त्रीले भनेः भारतमा संक्रमण बढिरहेको छ, हामीले लकडाउन खुकुलो गर्नु हुँदैन

प्रधानमन्त्रीले भनेः भारतमा संक्रमण बढिरहेको छ, हामीले लकडाउन खुकुलो गर्नु हुँदैन

मणि दाहाल
बैशाख २३, २०७७ मंगलबार १३:५९,

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको प्रभावका आधारमा बिभिन्न क्षेत्र विभाजन गरी सोहिअनुसार लकडाउन खुकुलो पार्ने प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।

कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव अस्वीकार गरेका हुन्।
समितिको बैठकमा प्रधानमन्त्री समेत उपस्थित हुने तय गरिएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमै गरिएको थियो

समितिको तर्फबाट मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोना संक्रमणमा बढि प्रभावित भएका (रातो), कम प्रभावित (पहेलो) र प्रभाव नभएको (हरियो) गरी तीन क्षेत्रमा विभाजित गरेर सोहि अनुसार लकडाउन लागु गर्न प्रस्ताव प्रस्तुत गरेका थिए।

उनले अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाहरु, संक्रमित भेटिएको संख्या लगायतका आधारमा वर्गीकरण गर्ने प्रस्ताव पेश गरेका थिए।

तर, त्यो प्रस्ताव सुनिसकेपछि प्रधानमन्त्रीले त्यसरी जान नसकिने बताएका थिए।

‘भारतमा निरन्तर संक्रमितको संख्या दैनिकरुपमा बढिरहेको छ, त्यसको सिधा प्रभाव हामीकहाँ पर्छ,’ एक मन्त्रीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै नेपालखबरलाई बताए, ‘हामीकहाँ अझै पर्याप्त मात्रामा परीक्षण भइसकेको पनि छैन, त्यसैले अहिले नै क्षेत्र छुट्याएर जान सकिँदैन।’

त्यसपछि प्रधानमन्त्रीले मंगलबारकाे समितिमा भएको छलफल अनुसार एक प्रस्ताव तयार गरी बुधबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न निर्देशन दिएका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर १३ हजार ८ सय ५० व्यक्तिको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ।

समितिको बैठकपछि सचिव बिँडारीले लकडाउन अहिलेकै अवस्थामा जारी रहने संभावना रहेको बताएका थिए।

उनले त्यसबारे बुधबारको मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्ने बताए।

मंगलबारको तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३९ सय नयाँ स‌क्रमित थिएका छन भने १ सय ९५ जनाको मृत्यु भएको छ।

भारतमा कुल ४६ हजार ७ सय ११ जना संक्रमित भएका छन भने १५ सय ८३ जनाको मृत्यु भएको छ।

याे पनि: 
लकडाउन थपिने संभावना, औपचारिक निर्णय बुधबारको मन्त्रिपरिषदबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .