राजनीति


प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रास्वपा

प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रास्वपा

नेपालखबर
असार ९, २०८३ मंगलबार २०:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रहेको बताएका छन्।

रास्वपा महाधिवेशनको बन्दसत्रमा मंगलबार राजनीतिक प्रतिवेदन पेस गर्दै उनले स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा रहेको बताएका हुन्।

उनले प्रतिवेदनमा लेखेका छन्, ‘संविधानमाथि हाम्रा केही फरक धारणा छन् जुन हामीले पार्टी स्थापनादेखि नै राख्दै आएका छौँ। हामी स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा छौँ।’

त्यसबाहेक रास्वपा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उनले प्रतिवेदनमा लेखेका छन्।

‘हामी अहिलेको अत्यन्त महंगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा छौं जसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरोस्,’ महाधिवेशन प्रतिनिधिलाई दिइएको प्रतिवेदनमा भनिएको छ, ‘हामी अहिलेको राष्ट्रिय सभालाई गैर–दलीय विशेषज्ञ सभा बनाउन र उपराष्ट्रपतिलाई सभाअध्यक्ष बनाउने पक्षमा छौं। त्यसै गरी हामी प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाका पक्षमा छौं।’

संविधान जारी हुँदा नै एक दशकमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको अहिले रास्वपाको सरकारले त्यसलाई आत्मसाथ गरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

‘२०७२ सालमा हाम्रो संविधान लेखिँदा नै एक दशकपछि यसको कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको हो,’ उनले प्रतिवेदनमा उल्ल्ेख गरेका छन्, ‘आज हामी त्यही स्वाभाविक पुनरावलोकनको चरणमा आइपुगेका छौँ। रास्वपा यस अवधिमा संविधानका उपलब्धि र कमजोरी अनि नागरिकले चाहेका सुधारबारे खुला, इमानदार र जिम्मेवार बहसका पक्षमा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad