राजनीति


विशेष महाधिवेशन आयोजकले एक दिन अगावैदेखि लिए भृकुटीमण्डप, अब तिर्नुपर्छ १० लाख

विशेष महाधिवेशन आयोजकले एक दिन अगावैदेखि लिए भृकुटीमण्डप, अब तिर्नुपर्छ १० लाख

नेपालखबर
पुस २५, २०८२ शुक्रबार २१:७, काठमाडौँ

विशेष महाधिवेशन आयोजकले भृकुटीमण्डपको मैदान पूर्व निर्धारित समयभन्दा एक दिन अगाडिदेखि नै  प्रयोग गर्ने भएका छन्। आज शुक्रबार दिउँसोदेखि नेता, कार्यकर्ताको भिडभाड बढेपछि समाज कल्याण परिषदसँग भोलिदेखि नै भृकुटीमण्डप प्रयोग गर्ने सम्झौता भएको हो।

यसअघि आइतबार र सोमबारका लागि मात्र ठाउँ बुक गरिएको थियो।

‘आइतबारदेखि बुक गरे पनि उहाँहरुले शनिबार पनि प्रयोग गर्ने भनेर आउनुभयो। हामीले ठाउँ उपलब्ध गराउने निर्णय गर्‍यौँ’, समाज कल्याण परिषद अन्तर्गत भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख खगनाथ रेग्मीले नेपालखबरसँग भने।

उनका अनुसार अब थप एक दिनको बढी शुल्क तिर्नुपर्नेछ। तीन दिनको जम्मा भाडा करिब १० लाख रुपैयाँ पर्ने उनले जानकारी दिए। यसअघि पुस २७ र २८ दुई दिनका लागि भृकुटीमण्डप बुक गरिएको थियो। 

यो पनि: विशेष महाधिवेशनमा २ करोड खर्च हुने, होटलका १५ सय कोठा बुकिङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad