प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने भएको छ।
आयोगको शुक्रबार बसेको बैठकले वारेसमार्फत पनि नाम फिर्ताका लागि निवेदन दिन सकिने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। यसअघि उम्मेदवारले पुस २८ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो।
प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफ २२ मा उम्मेदवार आफैले नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। त्यसलाई सजिलो बनाउँदै आयोगले वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने व्यवस्था गरेको हो।
आयोगले नाम फिर्ताका लागि पुस २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणाली, निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने जनाएको छ।
समानुपातिक उम्मेदवारको बन्दसूचीबारे विवाद भएपछि विभिन्न उम्मेदवारले नाम फिर्ता लिने घोषणा गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमाफर्त नाम फिर्ता लिने घोषणा गरेका भए पनि आयोगमा अहिलेसम्म कसैको निवेदन दर्ता भएको छैन। आयोगले पुस २८ गते मात्रै नाम फिर्ताको प्रक्रियामा जाने जनाएको छ।

Shares

प्रतिक्रिया