राजनीति


त्रिविको शुल्क विवाद सुल्झाउन शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीको ध्यानाकर्षण पत्र

त्रिविको शुल्क विवाद सुल्झाउन शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीको ध्यानाकर्षण पत्र

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १८:१२, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा रहेका केन्द्रीय विभागको शुल्क संरचना तथा निर्णय कार्यान्वयनमा ढिलाइ भएको विषयलाई लिएर अखिल (क्रान्तिकारी) ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको ध्यानाकर्षण  गराएको छ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठको नेतृत्वमा विद्यार्थीको टोलीले सिंहदरबार पुगेर शिक्षामन्त्री पुनलाई ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका चार वटा केन्द्रीय विभागलाई त्रिवि सभाको निर्णय अनुसार केन्द्रीय विभागमा स्तरोन्नति गरिए पनि मनपरी शुल्क लिने गरिएको उल्लेख छ। 

त्यस्तै, शुल्क घटाउने सहमति भए पनि दोस्रो सेमेस्टर सुरु भइसक्दा समेत निर्णय कार्यान्वयन नभएको र पटकपटक आन्दोलन तथा वार्ता हुँदा पनि विश्वविद्यालय प्रशासन गम्भीर नबनेको विद्यार्थीको आरोप छ। अखिल (क्रान्तिकारी) ले यसअघि शुल्क समायोजन, छात्रवृत्ति कार्यान्वयन तथा भौतिक पूर्वाधार व्यवस्थापनको माग गर्दै आन्दोलन गरेको स्मरण गराएको छ। 

अखिल (क्रान्तिकारी) ले तत्काल हस्तक्षेप गरी सहमति कार्यान्वयन, शुल्क समायोजन तथा विद्यार्थी हितका निर्णय यथाशीघ्र लागू गर्न माग गरेको छ। 

अखिल (क्रान्तिकारी) को केन्द्रीय उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठ, क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारी, त्रिभुवन विश्वविद्यालय जिल्ला अध्यक्ष दिनेश ऐर र उपाध्यक्षहरू शिवराज भट्ट र मनिष चाम्लागाईलगायत सिंहदरबार पुगेका थिए। 

त्रिभुवन विश्वविद्यालयले भदौ ११ गते भएको सहमति कार्यान्वयन नगरेको भन्दै अखिल (क्रान्तिकारी)ले उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा पुस १८ गतेदेखि तालाबन्दी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad