अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार थम्पसनले राष्ट्रपतिसँग बिदाइ भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।
भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद दिएका छन्।
21
Shares

प्रतिक्रिया