ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन्।
‘मन्त्रीले राजीनामा दिने तयारी गर्नुभएको छ,’ कुलमान निकट स्रोतले भन्यो, ‘विशेष परिस्थिति आएन भने आजै राजीनामा दिनुहुन्छ।’
रास्वपासँग एकता गरेर उपसभापति बनेपछि घिसिङलाई राजीनामा दिन दवाव बढेको थियो। ‘धेरै प्रश्न उठेपछि पदमा बस्न उहाँको मन छैन,’ उनले थपे।
घिसिङले राजीनामा दिनेबारे बुधबार मन्त्रालयमा दिनभर छलफल र तयारी गरेका थिए।
कुलमानलाई भेट्न पुुगेका उज्यालो नेपाल पार्टीका नेताहरुलाई उनले राजीनामा दिन लागेको सुनाएका हुन्। ‘भोलिसम्म पर्खिनु न त भन्दा होइन दिहालौँ भनेर उहाँले मन्त्रालयका सचिवहरुसँग सरसल्लाह गरिरहनु भएको थियो,’ ती नेताले नेपालखबरसँग भने, ‘अब प्रधानमन्त्रीले रोके मात्रै रोकिन्छ होला।’
Shares

प्रतिक्रिया