नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते आगजनी गर्नेहरू देशद्रोही भएको आरोप लगाएका छन्।
बुधबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगजनी गर्नेलाई देशद्रोही भनेका हुन्। ‘भदौ २४ को घटना तत्कालनी घटनाक्रमको उपज होइन, आठ-दश वर्षदेखिको तयारी हो,’ तत्कालीन प्रधानमन्त्री ओलीले भने, ‘देश जलाउनेहरू देशद्रोही हुन, अपराधी हुन्, आन्दोलनकारी होइन। मैले जेनजीलाई भनेको होइन। उनीहरूले जलाएका होइनन्।’
जेनजी आन्दोलनमा घुसपैठ गरेर आगजनी तोडफोड गरिएको ओलीको भनाइ थियो। ‘आत्मामा किनिएका, आत्मा बेचिएका तत्वले देश जलाएका छन्,’ उनले भने।
त्यो दिन खोजीखोजी आगजनी गरिएकोले ति साधारण मानिस नभएको उनले बताए। ‘खोजी खोजी त्यो ठाउँ जलाएको छ, जहाँ खास मान्छेका फाइल थिए। ट्रेन्ड मान्छे गएको छ,’ ओलीले भने।
त्यो घटना बिर्सन नसकिने उनको भनाइ थियो। अब त्यसबाट अघि बढेर देश बनाउनुपर्ने उनले बताए। त्यसको नेतृत्व एमालेले गर्ने ओलीको भनाइ थियो।
Shares

प्रतिक्रिया