राजनीति


आजसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन : जगदीश खरेल

आजसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन : जगदीश खरेल

नेपालखबर
पुस २३, २०८२ बुधबार १३:४४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेसम्म कुनै पनि पार्टीमा प्रवेश नगरेको बताएका छन्। 

बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले कुनै पार्टीमा संलग्न नभएको प्रष्टीकरण दिएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न लागेको चर्चा चलिरहेको छ। 

यस विषयमा प्रष्टीकरण दिँदै खरेलले भने, ‘म यहाँहरूलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन।’

त्यससँगै अहिलेसम्म कुनै पार्टीमा प्रवेश पनि नगरेको उनको भनाइ थियो। ‘स्पष्ट पार्न चाहन्छु– म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन। वार्ता वा छलफल गरेको छैन। आउँछु पनि भनेको छैन। जान्छु भनेको छैन। मैले केही पनि भनेको छैन,’ खरेलले भने।

अहिले आफू र सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको उनको भनाइ थियो। ‘मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ,’ उनले भने। 

केही सञ्चारमाध्यमले फरक ढंगले समाचार आएको उनले उल्लेख गरे। ‘समाचार अलिकति फरक ढंगले आइरहेको छ। त्यसप्रति मेरो आपत्ति केही पनि छैन,’ खरेलले भने, ‘तर सही समाचार चाहीँ आज म तपाईंहरूमार्फत भन्छु– मैले चुनाव उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad