राजनीति


कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका ९ उम्मेदवार (नामावली)

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका ९ उम्मेदवार (नामावली)

नेपालखबर
पुस २३, २०८२ बुधबार ११:३७, काठमाडौँ

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ। 

आज बिहान सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट नाैजना उम्मेदवारको टुंगो लगाएको हो। 

कांग्रेसले कोसी प्रदेशबाट सुनिल बहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

एमाले र जसपा नेपालसँग भएको तालमेलको सहमतिअनुसार कांग्रेसका ९ उम्मेदवारको टुंगो लगाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad