राजनीति


राष्ट्रिय सभाको भागबन्डामा कांग्रेसभित्र सकस, कोइरालाले मागे ३ सिट

राष्ट्रिय सभाको भागबन्डामा कांग्रेसभित्र सकस, कोइरालाले मागे ३ सिट

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला।


नेपालखबर
पुस २२, २०८२ मंगलबार १८:३९, काठमाडौँ

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले अन्य दलसँग भागबन्डा मिलाए पनि पार्टीभित्र भने सकस भएको छ। कांग्रेस नेता डा. शेखर कोइरालाले ३ सिट मागेपछि आन्तरिक भागबन्डामा सकस भएको हो। 

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कोइराला पक्षलाई २ सिटको प्रस्ताव गरेका छन्। तर, नेता कोइरालाले ३ सिटमा दाबी गरेको छलफलमा सहभागी एक नेताले नेपालखबरलाई बताए। 

‘हामीले शेखर डाक्टरसाबलाई २ सिट प्रस्ताव गरेका छौँ। उहाँले ३ सिट मागिराख्नु भएको छ। यसमा कुरा मिलेको छैन,’ ती नेताले भने, ‘आज अबेरसम्म कुरा मिल्छ होला।’ 

मंगलबार बिहान कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच सिट बाँडफाँटमा सहमति भएको थियो। आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा १८ मध्ये कांग्रेस र एमालेले ७-७ नेकपाले ३ र जसपा नेपाल १ सिट लिने समझदारी भएको थियो। 

राष्ट्रिय सभाका कोसी र लुम्बिनी प्रदेशबाट ३-३ जना, मधेस प्रदेशबाट ४ जना, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २-२ जना गरी १८ जना सदस्यका लागि निर्वाचन हुँदै छ। 

५९ सदस्यीय राष्ट्रिय सभामा अहिले कांग्रेसका १६, एमालेका (राष्ट्रपतिबाट मनोनितसहित) ११, नेकपाका (राष्ट्रपतिबाट मनोनितसहित) २७, जसपाका ४ र राष्ट्रिय जनमोर्चका १ सांसद छन्।

आगामी फागुन २१ गते कार्यकाल सकिन लागेका राष्ट्रिय सभाका सदस्यमा एमालेका ८, राष्ट्रपतिबाट मनोनित वामदेम गौतमसहित नेकपाका ९ र जसपाका २ जना छन्। 

राष्ट्रिय सभाका १८ सदस्यका लागि आउँदो माघ ११ गते निर्वाचन हुनेछ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्। २०७६ सालमा भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्यको कार्यकाल सकिन लागेको हो। यसमा कांग्रेसका भने कोही छैनन्।

यो पनि पढ्नुहोस् : राष्ट्रिय सभाका १८ सिटमा चार दलबीच यसरी भयो भागबन्डा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad