राजनीति


नियमित महाधिवेशनको निर्णय कार्यान्वयन गर्ने दायित्व महामन्त्रीद्वयको पनि होः एनपी साउद

नियमित महाधिवेशनको निर्णय कार्यान्वयन गर्ने दायित्व महामन्त्रीद्वयको पनि होः एनपी साउद

नेपालखबर
पुस २२, २०८२ मंगलबार १७:३७, काठमाडौँ

नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले वैशाखमा पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताएका छन्। 

महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर अघि बढ्ने गरी गतिविधिलाई तीव्रतासाथ अघि बढाएपछि संस्थापन पक्षका नेता साउदले यस्तो टिप्पणी गरेका हुन्। 

मंगलबार पार्टी मख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले केन्द्रीय कार्य सम्पादन समिति बैठकले वैशाखमा पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेकाले सो निर्णयलाई कार्यान्वयनमा लैजाने मुख्य जिम्मेवारी महामन्त्रीद्वय थापा र शर्माको पनि भएकाले उनीहरूले सो जिम्मेवारी पूरा गर्ने दायित्वबाट पछि हट्न नमिल्ने दाबी समेत गरे। नेता साउदले पार्टीको विशेष महाधिवेशनको औचित्य नभएको पनि दोहोर्याए।

उनले भने, ‘विशेष अधिवेशनको औचित्य छैन भनेर केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्णय गरिसकेको अवस्था छ। यसको सँगसँगै हामीले १५ औँ महाधिवेशनको कार्यतालिकाको विषयमा पनि केही संशोधन गरेर बैशाखमा गर्ने निर्णय गरिसकेका छौँ। त्यो केन्द्रीय कार्य सम्पादन समितिको निर्णय हो। हाम्रो महामन्त्रीजीहरू पनि जिम्मेवारीमा हुनुहुन्छ। उहाँहरूले आफ्नो जिम्मेवारी अनुकूल केन्द्रीय कार्य सम्पादन समितिको निर्णयलाई कार्यान्वयन गर्ने कार्यभार पूरा गर्नेछन् भन्ने विश्वास लिएको छु।’

नेता साउदले निर्वाचनको तयारीमा जानुपर्ने भएकाले पनि विशेष महाधिवेशनमा जाने कुराको कुनै अर्थ नहुने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad