मंगलबार बिहान केही समय दुई पक्षबीच घम्साघम्सी भएपछि तनावग्रस्त बनेको नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरको स्थिति सामान्य बनेको छ।
मंगलबार करिब १०ः४५ बजेतिर केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन नेता वीमलेन्द्र निधि केन्द्रीय कार्यालय, सानेपा पुगेका थिए। त्योभन्दा अगाडि नै पार्टीका केही नेता कार्यकर्ता पहिलैदेखि मुख्य गेट बाहिर थिए। कार्यालयभित्रबाट दिएको सूचनाअनुसार अरु नेता भने भवन पछाडिको गेटबाट भित्र प्रवेश गरेका थिए।
‘केन्द्रीय कार्यालय आउँदा पछाडिको गेट प्रयोग गर्न भनिएको थियो। सधैँ गइरहेकै गेटबाट जान्छु भनेर भित्र आउन खोज्दा सामान्य धकेलाधकेल भएको हो, त्यस्तो केही हैन’, केन्द्रीय कार्यालयमै रहेका नेता निधिका स्वकिय सचिव विश्वास विक्रमले नेपालखबरसँग भने।
नेताहरू कार्यालयभित्र छन्। गेट बाहिर केही प्रहरी छन्।
यो पनि :
Shares

प्रतिक्रिया