नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आफू पार्टी कार्यालय प्रवेश गर्ने क्रममा गुण्डागर्दी गर्ने व्यक्तिहरूले अवरोध गरेको बताएका छन्।
मंगलबार दिउँसो कांग्रेस कार्यालय प्रवेश गर्दा अवरोध भएको घटनाबारे सञ्चारकर्मीसँग कुराकानी गर्दै निधिले ‘रक्सी खाएका गुण्डाहरूले’ बाटो छेकेको बताए। ‘त्यहाँ विशेष हैन, गुण्डागर्दी गर्ने समूह आएको थियो। म आउँदा गाडी लक थियो। गाडीबाट ओर्लेपछि २–४ केटाले बाटो छेके, म चिन्दिनँ,’ उनले भने।
आफूलाई बाटो छेकेर विशेष महाधिवेशन पक्षधरको दाबी गर्नेहरू कांग्रेसी समेत नभएको निधिको भनाइ छ। ‘मलाई बाटो देऊ भनेपछि विशेष महाधिवेशन गर, म भोटर हो भने। म विशेष पक्षधर होइन भने। अनि को हो? भनेर सोधें। उनीहरू कांग्रेसी हैन रहेछन्। मुखबाट रक्सी गन्हाएको थियो। को हो थाहा भएन,’ निधिले भने।
यो पनि पढ्नुहोस् :
Shares

प्रतिक्रिया