नेकपा एमालेले अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारकोप्रति आपत्ति जनाएको छ।
एमालेको मंगलबार बसेको सचिवालय बैठकले हालै अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहारको विरोध गर्दै संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लंघन हुने कुनैपनि कार्य नर्गन आग्रह गरेको हो।
‘हामी सदैव स्थायी विश्व शान्तिको पक्षमा,’ एमाले सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले भने, ‘हामी एउटा मूल्यमा चल्नुपर्छ, संयुक्त राष्ट्रसंघको वडापत्रका आधारमा चल्नुपर्छ। मुलुकको सार्वभौमिकता, अखण्डताको सम्मान गर्नुपर्छ। अमेरिकाद्वारा भेनेजुएलामा भएको व्यवहार र विश्व न्यायिक दृष्टिकोणले हेर्दा कदापी स्वीकार्य हुन सक्दैन। यस्तो घटनाको हामी विरोध गर्दछौँ। विश्व व्यवस्थातर्फ फर्कन हामी आह्वान गर्दछौँ।’
एमालेले जनकपुर र वीरगन्जमा भएको समाजिक सदभाव खलबलाउने घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। द्वन्द्व भड्काउने काम नगर्न र सामाजिक सद्भाव कायम राख्न एमालेले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया