भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले जवाफ बुझएका छन्।
आयोगले उनलाई सोधपुछका लागि भन्दै १६ वटा प्रश्न तयार पारेर शुक्रबार पठाएको थियो। शाहका सहायक स्वकीय सचिव नवीन भण्डारीका अुनसार त्यसको जवाफ उनले सोमबार बुझाइ सकेका छन्।
‘सोधपुछ प्रश्नावली भनेर शुक्रबार आएको थियो,’ उनले नेपालखबरसँग भने, ‘हिजो सोमबार बुझाइ दिएको हो।,’
भण्डारीका अनुसार आयोगले भदौ २३ र २४ गतेको घटनामा केन्द्रित भएर प्रश्न पठाएको थियो। मेयर शाहले त्यसको जवाफ दिँदै तयार पारेको पत्र बन्द खाममा लगेर आयोगलाई बुझाइएको थियो।
भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला उनले अप्रत्यक्षरुपमा सहयोग पुर्याएका थिए। भदौ २३ को आन्दोलनमा काठमाडौँ महानगरले पानी वितरण गरेको थियो।
त्यस्तै बालेने नयाँ सरकार गठन गर्ने सन्दर्भमा जेनजीहरुलाई सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनलाई सर्त राख्न आग्रह गरेका थिए।
वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्नमा पनि उनकै हात रहेको बताइन्छ।
Shares

प्रतिक्रिया