नेकपा एमालेले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको छ।
मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले थापालाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। कमिटीको सचिवमा विष्णु रिमाल छन्।
त्यस्तै कमिटी सदस्यहरुमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की रहेका छन्। रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि कमिटीमा रहेका छन्।
66
Shares

प्रतिक्रिया